Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अर्घाखाँचीमा थप्यो उत्साह


७, चैत २०८१
  • 157
    SHARES
  • मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अर्घाखाँचीमा थप्यो उत्साह

    अर्घाखाँची । सन्धिखर्कको टुडिखेलमा यतिबेला दर्शकको घुइँचो लागेको छ । बजारमा बेग्लै चहलपहल देखिन्छ । गाउँगाउँबाट दर्शकहरू सन्धिखर्कतर्फ आकर्षित भएका छन् । अहिले सन्धिखर्कमा एक विशेष उत्सवको माहोल छ, जसलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अझ रोमाञ्चक बनाएको छ ।

    खचाखच भरिएको टुडिखेलले खेलप्रेमीहरूलाई मात्र नभई व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ । प्रतियोगिताले स्थानीय व्यापार प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पारेको छ । उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रका अनुसार, यसअघि बजार केही सुस्त थियो, तर प्रतियोगिताका कारण चहलपहल बढेको छ ।

    यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिँदा व्यापार व्यवसायमा उत्साह थपिएको छ । यस्तै यातायात क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको लंका यातायात प्रालीका अध्यक्ष कृष्णबहादुर भुसालले बताए । उनका अनुसार गाउँबाट शहर आउने र शहरबाट गाउँ फिर्ता हुने यात्रुले गर्दा व्यवसायमा समेत बृद्धि भएको छ । 

    खेल मैदान वरपर विभिन्न व्यापारिक गतिविधि संचालनमा आएका छन् । स्थानीय उद्यमीहरूले आफ्ना उत्पादन विक्री–वितरण गर्ने अवसर पाएका छन् । प्रतियोगिताले खेल क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रहरूलाई पनि प्रत्यक्ष रूपमा लाभ पुर्याएको मुख्यमन्त्रीका स्वकीय अधिकृत प्रदीप नेपालीले बताए । उनका अनुसार, यो प्रतियोगिताले खेलाडी, स्थानीय उद्यमी, व्यवसायी तथा निजी क्षेत्रका व्यक्तिहरूमा नयाँ ऊर्जा भरेको छ ।

    चैत ५ गतेदेखि सुरु भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा ११ जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ ।

    द्वितीय हुने टोलीले ६५ हजार, तृतीय हुनेले ३५ हजार, भने सान्त्वना पुरस्कारस्वरूप १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, उत्कृष्ट ६ विधाका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगिताले स्थानीय तहमा खेलप्रतिको जागरूकता बढाउनुका साथै खेलाडीहरूलाई नयाँ अवसर प्रदान गरेको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताए । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गरेका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend