Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन सुरु


८, चैत २०८१
  • 167
    SHARES
  • बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन सुरु

    बुटवल । बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन सुरु भएको छ ।

    प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा भएको मिडिया सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सञ्चार ग्राम स्थापनामा जोड दिनुभयो । 

    बुटवलमा सञ्चार गृहको व्यबस्थापन र विकासका लागि सञ्चार ग्रामको अवधारणा ल्याईएको बताउँदै उहाँले सञ्चार ग्रामको स्थापनामा सहयोग गर्न आग्रह गर्नुभयो ।

    उहाँले सञ्चार जगतका लागि विनियोजन गरिएको बजेटमा सञ्चार क्षेत्रकै व्यक्तिहरुबाट बिरोध भईरहेको बताउदै त्यसले सञ्चार क्षेत्रको विकासमा बाधा पुरयाउने भएकाले त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो ।

    उहाँले पूर्व-पश्चिम र उत्तरदक्षिणको संगम बुटवल धेरै कुरामा सम्भावना बोकेको बताउँदै आसपासका कुराहरुबाट समेत लाभ लिन सकिने भएकाले त्यसमा सबैको साथ र सहयोको लागि आग्रह गर्नुभयो ।

    दुईदिनसम्म चल्ने मिडिया सम्मेलनमा सञ्चार माध्यमलाई कसरी चलायमान बनाउन सकिन्छ, मिडियालाई जोगाउने र मिडियाकर्मीलाई बचाँउने आधारहरु के–के हुन सक्छन् भन्ने विषयमा छलफल गरिने समाजका अध्यक्ष नवराज कुवरले जानकारी गराउनुभयो ।

    मिडिया सम्मेलनमा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरुको सहभागिता रहेको छ । मिडिया सम्मेलनमा ‘परम्परागत मिडिया : आजको अवस्था, भोलिको बाटो’, छापा माध्यम, किन र कसका लागि ?, अनलाइन पत्रकारिता, विज्ञापन बजार, सञ्चार संस्था नियमन या नियन्त्रण, पत्रकार र पत्रकार महासंघ लगायतका विषयमा छलफल गरिने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका सचिव माधव नेपालले जानकारी दिनुभयो ।

    मिडिया सम्मेलनले सञ्चार माध्यमको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने र ठोस कार्ययोजना बनाउने छ । त्यस्तै सञ्चार माध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको समाजका उपाध्यक्ष विष्णु भुसालले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend