काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने जनाईएको छ ।
त्यस्तै, बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुँदैछ ।
गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।