Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायलद्वारा लेबनानमाथि भीषण आक्रमण, सात जनाको मृत्यु, ४० घाइते


१०, चैत २०८१
  • 274
    SHARES
  • इजरायलद्वारा लेबनानमाथि भीषण आक्रमण, सात जनाको मृत्यु, ४० घाइते

    काठमाडौं । युद्धविरामकै बीच लेबनानबाट इजरायली सेनालाई लक्षित गरी आक्रमण गरिएपछि इजरायली सेनाले पनि भीषण आक्रमण गरेको छ ।

    इजरायलले झण्डै पाँच महिनापछि लेबनानमा पुनः आक्रमण गरेको छ । गत नोभेम्बरमा युद्धविराम लागू भएयताको यो सबैभन्दा घातक आक्रमण हो ।

    इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित मिलिसिया र राजनीतिक समूह हिज्बुल्लाहसँग सम्बन्धित दर्जनौं रकेट लन्चर कमाण्ड सेन्टरमा प्रहार गरिएको बताएको छ ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् ।

    लेबनानमा धेरै सशस्त्र समूहहरू सक्रिय छन् । जसमा हिज्बुल्लाह र प्यालेस्टाइनी गुटहरू समेत रहेका छन् । इजरायलमा गरिएको आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।

    पहिलो आक्रमणको केही घण्टा पछि इजरायली सेनाले कमाण्ड सेन्टर, पूर्वाधार क्षेत्र र लेबनानमा हतियार भण्डारण क्षेत्रमा राति नै दोस्रो आक्रमण गरेको हो ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend