Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईपीएल क्रिकेट : कोलकातालाई हराउँदै आरसिबिको विजयी शुरुआत


१०, चैत २०८१
  • 182
    SHARES
  • आईपीएल क्रिकेट : कोलकातालाई हराउँदै आरसिबिको विजयी शुरुआत

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी शुरुआत गरेको छ ।

    १८ औँ संस्करणको उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स (केकेआर) लाई सात विकेटले हराउँदै बेङ्गलुरुले विजयी शुरुआत गरेको हो ।

    कोलकाताको घरेलु मैदानमा शनिबार भएको पहिलो खेलमा एक सय ७५ रनको लक्ष्य बेङ्गलुरुले १६ ओभर दुई बलमा तीन विकेट विकेट गुमाएर भेट्टायो ।

    आरसीबीका विराट कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए । फिल साल्टले ५६ रन जोडे । कप्तान रजत पाटीदार ३४ रनमा आउट भए । कोलकाताका बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान एक विकेट लिए ।

    त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७४ रन बनायो । कोलकाताका कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन बनाए ।

    सुनिल नारायण ४४ रनमा आउट भए । बेंङ्गलुरुका कु्रनाण पाण्ड्याले तीन, जोस हेजलवुडले दुई तथा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान एक विकेट लिए ।

    १८ औँ संस्करणको आईपीएल क्रिकेट शनिबारदेखि शुरु भएको छ । आज दुई वटा खेल हुँदैछन् । सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको खेल दिउँसो पौने ४ बजे हैदरावादमा र चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीचको खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend