Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

समाज परिवर्तनमा सक्रिय बन्दै बर्दियाका किशोरी


१०, चैत २०८१
  • 137
    SHARES
  • समाज परिवर्तनमा सक्रिय बन्दै बर्दियाका किशोरी

    बबई (बर्दिया) । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.१२ मा रहेको भैसाही गाउँका २५ जना किशोरी यतिबेला समाज परिवर्तन गर्न जुटेका छन् ।

    वडालाई बालबिवाह मुक्त गराउनेदेखि लागु औषध प्रयोग नियन्त्रण, महिला हिंसा रोकथामलगायत विभिन्न काममा सक्रिय बन्दै आएका हुन् ।

    गाउँमा किशोरी क्लब गठन भएपछि अहिले गाउँको मुहारनै परिवर्तन भएको छ भने गाउँलाई बालबिवाह मुक्त गाउँ बनाउन सफल भएका छन् ।

    भैसाही गाउँमा २५ जना किसोरी मिलेर एउटा किशोरी क्लव गठन गरेका छन् । बिदाको दिन होस् या फुर्सदको समय उनिहरु एक ठाउँमा जम्मा हुन्छन् र गाउँका घर घरमा पुगेर बालबिवाह नगर्न र नगराउन अनुरोध गर्ने गर्दछन् ।

    त्यस गाउँका  किशोरीहरुले किशोरी समूह गठन गरेपछि अहिले त्यस गाउँमा लागु औषध नियन्त्रण र महिला हिंसा समेत नियन्त्रण भएको छ । गाउँमा कसैको बिवाह हुन थाल्यो भने सबै किशोरी मिलेर बिवाह उमेर पुगेको नपुगेको समेत उनिहरुले सोध्ने गर्दछन् ।

    भैसाही गाउँमा गठन भएको किशोरी समूहमा १५ देखि १८ वर्षसम्मका किशोरीहरु धेरै देख्न पाइन्छ । विद्यालयको कक्षा कोठादेखि गाउँघरसम्म उनिहरुले सचेतना फैलाउँदै आएका छन् ।

    किशोरी समूह गठन भएपछि लागु औषध प्रयोग नगर्न अनुरोध गर्दै घरघरमा पुग्ने गरेको भैसाहीमा रहेको किशोरी क्लबकी अध्यक्ष सन्ध्या थारुले बताइन । उनले भनिन, ‘‘हामिले क्लबमा बसेर समाज परिवर्तन गर्न खोजी रहेका छौं । त्यसमा आफुहरुलाई अभिभावक र शिक्षकहरुले समेत साथ दिइरहनुभएको छ ।’’

    नेपाल–भारत सिमा क्षेत्रबाट लागु औषध प्रयोगकर्ताहरुले लागु औषध भित्र्याउने गरेका कारण सचेतनाका लागि उनिहरुले नेपाल–भारत सिमा क्षेत्रमा पनि विभिन्न किसिमका चेतनामुलक कामहरु गर्दै आइरहेको क्लबकी सदस्य फिजा खानले बताइन ।

    गुलरिया नगरपालिका वडा नं.१२ मा पर्ने भैसाही गाउँको किशोरी क्लबलाई बाँके युनेश्को क्लबले सहयोग गर्दै आइरहेको छ ।

    नेपाल सरकारले सन् २०३० भित्रमा नेपाललाई बालबिवाह मुक्त गर्ने लक्ष्य बमोजिम बालबिवाह न्यूनीकरणका लागि काम गर्दै आइरहेको क्लबले जिल्लामा रहेका किशोरी क्लबलाई परामर्श दिने मासिक रुपमा उनिहरुलाई तालिम दिने र अध्ययनका लागि अध्ययन सामग्रीको समेत व्यवस्था मिलाएको बाँके युनेश्को क्लबका सशक्त बालिका परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले बताए ।

    कक्षा ८ देखि १२ कक्षा अध्ययन गर्ने किशोरीहरु किशोरी क्लबमा सम्मिलित भएको र किशोरी क्लब गठन भएपछि त्यस गाउँदेखि विद्यालयसम्म धेरै परिवर्तन आएको गुलरिया नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख सतिश यादवले बताए ।

    विद्यालयमा अध्ययनरत रहेका बालबालिकाले विद्यालय जान छोडेमा पनि किशोरी क्लबका सदस्यहरु घरमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरी विद्यालय पठाउने गरेका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend