Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पाकिस्तानसँगको टी–२० शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जित्यो


१०, चैत २०८१
  • 147
    SHARES
  • पाकिस्तानसँगको टी–२० शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जित्यो

    काठमाडौँ । पाकिस्तानसँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ । आज भएको चौथो खेलमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानलाई १ सय १५ रनले हरायो ।

    न्युजिल्यान्डले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । पाकिस्तानका अब्दुल समादले सबैभन्दा धेरै ४४ रन बनाए । न्युजिल्यान्डका ज्याकोब डुफीले ४ विकेट लिए ।

    यसअघि बे ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनायो । न्युजिल्यान्डका फिन एलेनले ५०, कप्तान माइकल ब्रेसवेलले नटआउट ४६ रन बनाए । पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।

    टी–२० शृङ्खलाको पहिलो र दोस्रो खेल न्युजिल्यान्डले र तेस्रो खेल पाकिस्तानले जितेको थियो । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend