Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्जेन्टिना विश्वकपका लागि छनोट, ब्राजिल ४–१ गोलले पराजित


१३, चैत २०८१
  • 142
    SHARES
  • अर्जेन्टिना विश्वकपका लागि छनोट, ब्राजिल ४–१ गोलले पराजित

    काठमाडौँ । अर्जेन्टिना फिफा विश्वकप–२०२६ का लागि छनोट भएको छ ।

    दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि आज बिहान ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिना विश्व कपका लागि छनोट भयो ।

    त्यस्तै आज भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हरायो । घरेलु मैदानमा अर्जेन्टिनाका जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे ।

    ब्राजिलका लागि म्याथुस चुन्हाले एक गोल फर्काए । दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट हुने अर्जेन्टिना पहिलो टोली बनेको छ ।

    शीर्ष स्थानको अर्जेन्टिनाको १४ खेलमा ३१ अङ्क छ । ब्राजिलको १४ खेलमा २१ अङ्क छ । ब्राजिल चौथो स्थानमा छ । १० टोली रहेको दक्षिण अमेरिकी छनोटबाट शीर्ष छ वटा देश विश्वकपका लागि छनोट हुनेछन् ।

    सातौं टोलीले प्ले अफको मौका पाउनेछ । छनोटका अन्य खेलमा भेनेजुएलाले पेरुलाई एक गोलले हराउँदा कोलम्बिया र पाराग्वेले दुई/दुई, चिली र इक्वेडर तथा बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend