Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अमेरिकाको पहलमा रूस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति


१३, चैत २०८१
  • 157
    SHARES
  • अमेरिकाको पहलमा रूस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति

    एजेन्सी - साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् ।

    रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका बीबीसीले जनाएको छ । तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३० दिनसम्म रोक्ने सहमति भएको बीबीसीले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको ह्वाइट हाउसले दाबी गरेको छ । यद्यपि रुसले युद्ध विराम लागू हुनु पहिले अमेरिकाले आफूलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पुर्‍याउन मद्दत गर्नुपर्ने सर्त राखेको छ । यस्तै बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध पनि हटाइनु पर्ने बताएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशबीच युद्धविराम गर्न सहमत भए पनि रुसले शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाएका छन । रुसले युद्धविराम कार्यान्वयन गर्नेमा जेलेन्स्की अझै सशंकित रहेको खबरमा उल्लेख छ । युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend