Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार


३, वैशाख २०८२
  • 174
    SHARES
  • चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

    काठमाडौं  । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको चैत्र पहिलो हप्ता सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गरेको थियो ।

    स्वास्थ्य सचिव डा.विकास देवकोटाले सङ्घीय अस्पतालमा तालिकाअनुसार काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

    चैत्र महिनाभित्र प्राप्त विवरणअनुसार धेरैजसोले तोकिएको समयभित्र सेवा विस्तार गरेको पाइएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो ।

    वीर अस्पतालले पाठेघरको मुखको क्यान्सरविरुद्ध काठमाण्डौ महानगरसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिरहेको छ ।

    यसैगरी ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा फिल्म हटाएर डिजिटल रिपोर्ट प्रदान गर्न थालेको छ ।

    त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी शुरू गरेको छ ।

    कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा शुरू गरेको छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार गरेको छ ।

    तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा शुरू गरेको छ ।

    भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पीएफती सेवा आरम्भ गरेको छ । कोशी अस्पताल विराटनगरले निःसन्तान उपचार सेवा आईभीएफ शुरू गरेको छ ।

    सेवाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुरूवात गर्नुभएको थियो । डडेलधुरा अस्पतालले एकै ठाउँबाट प्रयोगशाला नमूना लिने गरी एकीकृत ल्याब नमूना सङ्कलन शुरू गरेको छ ।

    वीरगञ्जको नारायणी अस्पतालले हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी सेवा एकैसाथ शुरू गरेको छ ।

    भेरी अस्पताल नेपालगञ्जले चैत्र महिनाभित्र आईसीयुमा दुई शय्या तथा बर्न वार्डमा दुईसमेत थप गरी आठ शय्या विस्तार गरेको छ ।

    चैत्रभित्रै एमसीएच भवन तथा ल्याब मेसिन थप्ने बताएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा शुरू गर्न सकेका छैनन् । ती दुवै अस्पतालले चाँडै सेवा थप्ने जानकारी मन्त्रालयलाई दिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend