Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मनोपली बढदा पालिकाको सुशासन अवस्था कमजोर


१८, वैशाख २०८२
  • 1,618
    SHARES
  • मनोपली बढदा पालिकाको सुशासन अवस्था कमजोर

    रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा नियमित कामहरु प्रभावित भएका छन । कर्मचारीहरुको मनोपली बढदा काममा समेत बाधा पुगेको छ । जनताको सेवालाई छिटो र सहज बनाउन स्थानिय सरकार बनेको हो । जनताको सेवामा रहेका कर्मचारीहरुले संस्थागत भ्रष्टाचारलाई प्रसय दिनु सुशासनलाई खलबलाउने काम हो ।

    शुद्धोदन गाउँपालिकाको आग्रहमा वैशाख १४ गते संघिय मामिला मन्त्रालयले आयोजना गरेको स्थानिय तह सङ्ग संघियता कार्यान्वयन सम्बन्धी सहजीकरण कार्यक्रममा कर्मचारीले गरेको बहिस्कार र जनप्रतिनिधिको न्युन उपस्थितिले पनि मनोपलीलाई प्रष्ट पार्छ ।

    कार्यक्रममा शाखाका कर्मचारी र जनप्रतिनिधि गरि ४० जना भन्दा बढिलाई निमन्त्रणा पठाइएकोमा कम्तिमा पनि ३५ भन्दा माथी उपस्थिति हुनुपर्नेमा जम्मा ३ जना कार्यपालिका सदस्य र ५ जना कर्मचारीको उपस्थिति रहेको थियो ।

    केही समय अगाडीदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्ग कर्मचारीको बढुवा (स्तर उन्नतिको) बिषयलाई लिएर असन्तुष्ट र गुनासो रहेको थियो ।

    संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधित्व गरेर गएका शाखा अधिकृत हरि प्रसाद पौडेलले अहिले प्रदेश र संघको कानुन बाँझिएर आएको सन्दर्भमा व्यक्तिगत रुपमा प्रमुख प्रशासकीय अधिकृतले मात्र चाहेर बढुवाको बिषय हल हुन नसक्ने बताए । यही विषयलाई लिएर केन्द्रबाट आएको कार्यक्रम कर्मचारीले बहिस्कार गर्नु दुखद भएको उनले धारणा राखेका थिए ।

    पछिल्लो समय रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी बिच बढुवा लगायतको बिषयमा विवाद र मनमुटाव पैदा हुँदा दैनिक कार्यक्रम संचालन र सेवा प्रवाह समेत प्रभावित बन्दै आइरहेको छ ।

    केही शाखा प्रमुख लगायतबाट कार्यालयको काम गर्नमा असहयोग गरेकाले कार्यमा ढिलासुस्ती भएको स्वीकार्दे परिस्थिति सहज नहुन्जेल काममा फर्कन नसक्ने भन्दै शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले कार्यवातावरण‌मा सहजीकरण गर्न पालिका अध्यक्ष विष्णु बस्याललाई अनुरोध गरेको बताइएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend