Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित


२४, वैशाख २०८२
  • 189
    SHARES
  • फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित

    बर्लिन । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख (चान्सलर)को रूपमा निर्वाचित भएका छन् ।

    मंगलबार भएको दोस्रो चरणको मतदानमा उनले आवश्यक बहुमत प्राप्त गरी सफलतापूर्वक चयन भएका हुन्। यसअघि बिहान सम्पन्न पहिलो चरणको मतदानमा उनले अपेक्षित मत नपाई पराजय व्यहोरेका थिए।

    पहिलो चरणमा उनले ३१६ मत आवश्यक पर्दा ३१० मत मात्र प्राप्त गरेका थिए। दोस्रो चरणमा भने उनले ३२५ मत प्राप्त गरी संघीय सभाबाट निर्वाचित भए।

    उनन्सत्तरी वर्षको उमेरमा यो पद सम्हालेका मर्जले यसअघि कहिल्यै उच्च कार्यकारी जिम्मेवारी वहन गरेका थिएनन्। उनी न संघीय मन्त्री थिए, न राज्य प्रमुख, न त सानो नगरपालिकाको प्रमुख (मेयर) नै। कोनराड एडेनाउरपछि उनी यस्ता सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् जसले युद्धपछिको जर्मनीमा संघीय प्रमुखको रूपमा पदभार सम्हालेका हुन्।

    युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै, युरोपसँगको साझेदारीमा जर्मनीको भूमिकामा अझ सशक्तता हुने विश्वास व्यक्त गरेका छन्। जर्मनी, संयुक्त राज्यपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो।

    नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

    यसैबीच, संसदमा प्रमुख विपक्षी शक्तिका रूपमा रहेको ‘वैकल्पिक जर्मनीका लागि’ नामक दलले प्रारम्भिक नतिजालाई लिएर आलोचना गरे पनि निर्वाचन प्रक्रियाको मर्यादा र लोकतान्त्रिक परम्पराको सम्मान कायम गरिएको देखिएको छ। रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend