Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारतीय आक्रमण अपडेटः दुई बालबालिकासहित सात पाकिस्तानीको मृत्यु, ३५ जना घाइते


२४, वैशाख २०८२
  • 153
    SHARES
  • भारतीय आक्रमण अपडेटः दुई बालबालिकासहित सात पाकिस्तानीको मृत्यु, ३५ जना घाइते

    काठमाडौं । भारतले गएराती गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

    पाकिस्तान आर्मी इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन् ।

    यसैबीच, कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको ज्यान गएको बताएका छन् ।

    भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ । तर पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको बताएको छ ।

    ठूला विस्फोटको आवाजले आफुहरुलाई स्तब्ध बनाएको पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबादका बासिन्दाहरूले बताएका छन् । भारतले पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ ।

    भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।

    गत महिना कश्मीरमा पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणपछि आणविक हतियार सम्पन्न दुवै देशबीचको सम्बन्धमा तीव्र गिरावट आएको छ । कश्मीर पूर्ण रूपमा भारत र पाकिस्तान दुवै देशले दाबी गर्दै आएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend