Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भारत- पाकिस्तान द्वन्द्व : रोकियो आइपिएल


२६, वैशाख २०८२
  • 183
    SHARES
  • भारत- पाकिस्तान द्वन्द्व : रोकियो आइपिएल

    नयाँदिल्ली । क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) शुक्रबार नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ ।

    “प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ”, भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भने, “क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा महत्त्वपूर्ण अरू केही छैन ।”

    अधिकारीहरूले बिहीबार धर्मशालामा एउटा खेल रद्द भएपछि टी२० प्रतियोगिता रोकेका थिए । धर्मशाला उत्तरी सहर जम्मूबाट दुई सय किलोमिटर (१२५ माइल) भन्दा कम दूरीमा छ । जम्मूमा केहीघण्टा अघि विस्फोटहरू भएको खबर आएको थियो ।

    शुक्रबार आणविक–सशस्त्र यी दुई छिमेकी बीचको लडाइँको तेस्रो दिनमा भारतले रातभरि पाकिस्तानी ड्रोन र तोपखाना आक्रमणलाई परास्त पारेको बताएको छ । रासस

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend