पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्दबाबा ड्यामसाईड नजिकै सडकमा बिहीबार साँझ लु १ क २५१७ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा चालक रूपन्देही सियारी गाउँपालिका–२ घर भएका २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।