Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ : गभर्नर नियुक्तिको विषय चाँडै टुङ्गिन्छ


२६, वैशाख २०८२
  • 147
    SHARES
  • पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ : गभर्नर नियुक्तिको विषय चाँडै टुङ्गिन्छ

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व प्रदाधिकारीहरुको बैठकमा सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरेको भन्दै प्रश्न उठेको छ ।

    आज बसेको बैठकमा प्रश्न उठेपछि पार्टी सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिको विषय सहमतिमै चाँडै टुङ्गिने बताएका थिए ।

    गभर्नरमा व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सक्ने व्यक्ति आउने पनि देउवाले विश्वास दिलाएको बताइएको छ ।

    ‘राष्ट्र बैंकको विषय पनि यो निकै ढिलो भएको छ भन्ने कुरा चासो त्यहाँ प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले चाँडै टुङ्गिन्छ र व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगबाट अगाडि बढाउन सक्ने गरी चाँडो निर्णय हुन्छ र सहमतिबाटै निर्णय हुन्छ भन्ने कुरा पनि उहाँले राख्नु भएको छ,’– बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने ।

    साथै, बैठकमा शिक्षा विधेयक, टीआरसी आयोगहरुको पदाधिकारी नियुक्ति, जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलालागयतको विषयमा छलफल भएको पनि नेता महतले बताए । कांग्रेसले आफूहरु आतङ्कवादी गतिविधिको विपक्षमा हरेको पनि बताएको छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend