Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

खोखो प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई


२८, वैशाख २०८२
  • 111
    SHARES
  • खोखो प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

    दाङ । दाङको तुलसीपुरमा आयोजित प्रथम राष्ट्रिय खुला पुरूष प्रतियोगिता खोखोको उपाधि नेपाल आर्मी क्लबले जितेको छ ।

    जिल्ला खोखो सङ्घ दाङले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम खुला पुरूष प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले पछाडि पार्दै उपाधि जितेको हो ।

    उपाधि विजेता आर्मीले नगद ५० हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । वैशाख २६ गतेदेखि २८ गतेसम्म तुलसीपुरको अरनिको मैदामा आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश उपविजेता बन्यो । उसले २५ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

    त्यस्तै सुदूरपश्चिम प्रदेश तृतीय बन्यो। उसले दश हजार पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । गत हिउँदमा भारतमा भएको विश्व खोखो प्रतियोगितामा नेपाली पुरूष टिमलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तुलसीपुरका बेद बहादुर वलीलाई नगद दश हजार रकमसहित सम्मान गरेको थियो । त्यस्तै सोही प्रतियोगितामा नेपाली महिला टिम पनि उपविजेता बनेको थियो ।

    महिला टिमकी प्रशिक्षक तुलसीपुरकी उषा कुँवरलाई पनि सम्मान गरिएको थियो। दाङले आयोजना गरेको प्रतियोगितामा सात वटा प्रदेशका टिम र एउटा विभागीय टिम नेपाल आर्मीको सहभागी थिए ।लिगकम नकआउट सिष्टमबाट खेल खेलाइएको थियो ।

    दाङ जिल्ला खोखो सङ्घका जिल्ला अध्यक्ष बालकृष्ण शाहले राष्ट्रिय प्रतियोगिता सकिएको वैशाख २९ गते नेपाल र भारतका बीच प्रतिस्पर्धा हुने बताए । भारतको एउटा टिम र नेपालका दुई टिमका बीचमा प्रतियोगिता हुने भएको छ। भारतसँगको प्रतिस्पर्धाका लागि नेपाली दुई टिमको आइतबार नै छनोट गर्ने भएको छ। भारतीय खेलाडीहरू तुलसीपुर आइसकेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend