Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ


३१, वैशाख २०८२
  • 104
    SHARES
  • विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड जाने नेपाली टोलीको बिदाइ

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्न स्कटल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले मूलपानीमा आज एक कार्यक्रमको आयोजना गरी टोलीलाई बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा कप्तान रोहितकुमार पौडेल भने उपस्थित थिएनन् ।

    रोहित कक्षा १२ को परीक्षामा सहभागी भएकाले पछि जाने क्यानले जनाएको छ । यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल यसअघि नै बेलायत गइसकेका छन् । नेपाली टोली आजै बेलुका प्रस्थान गर्नेछ ।

    नेपाली टोलीले स्कटल्यान्डमा लिग–२ शृङ्खला खेल्नुअघि बेलायतमा अभ्यास क्याम्पमा सहभागी हुनेछ । नेपाल, आयोजक स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी हुने लिग–२ आउँदो जुन २ देखि १० सम्म हुनेछ ।

    लिग–२ पछि यी तीन देशबीच जुन १५ देखि २० सम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ । लिग–२ र टी–२० शृङ्खलाका लागि यसअघि नै नेपाली टोली घोषणा भइसकेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend