Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटक लोभ्याउँदै रुप्से झरना


१, जेठ २०८२
  • 129
    SHARES
  • पर्यटक लोभ्याउँदै रुप्से झरना

    म्याग्दी । म्याग्दीको रुप्से झरना पर्यटकीय गन्तव्य बनेको छ ।

    अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको झरना अवलोकनका लागि देश विदेशबाट पर्यटकहरु दैनिक सयौंको सङ्ख्यामा झर्नाको अवलोकनका लागि पुग्ने गरेका छन् ।

    शान्त मनोरम वातावरणसहित धौलागिरि र निलगिरि हिमाल समेत अवलोकन गर्न सकिने भएपछि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जानेक्रममा म्याग्दीको रुप्से झरनाले आर्कषित गरेको सुभाष शर्माले बताए ।

    “पहाडबाट खसेको झरना हेर्दा लोभलाग्दो छ, शर्माले भने, “झरनाबाट निस्केको पानीको बाफले थप आनन्दित बनाउने गर्छ ।” सडक सुविधा र पूर्वाधार निर्माणसगैँ रुप्से झरना पर्यटकको रोजाइमा पर्छ ।

    झरनालाई नजिकबाट अवलोकन गर्न र तस्बिर खिच्ने बाह्य तथा आन्तरिक पर्यटकहरु दिनहुँ पुग्ने गरेका छन् ।

    झरना बेनी–जोमसोम–कोरला सडक खण्डको नजिकै रहेको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको अवलोकन गर्न गाडी रोकेर निकै समय बिताउने गरेको छ ।

    युवायुवती लगायत सबैको रोजाइको केन्द्र झरना हुन पुगेपछि गाउँपालिकाले झरनाको संरक्षण र प्रवर्धनका लागि बिशेष योजना अगाडि सारेको छ ।

    ७५ मिटर अग्लो छाँगाबाट खस्ने झरना कालीगण्डकीमा मिसिएको छ । विश्वको सबैभन्दा गहिरो स्थान रहेको अन्धगल्छी रुप्से झरना नजिक पर्ने भएपछि पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend