Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो


२, जेठ २०८२
  • 84
    SHARES
  • इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो

    गाजापट्टी । बिहीबार मध्यरातदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ ।

    हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो खबर दिएको हो ।

    इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो ।

    इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ । बच्चाहरू भोकले रुने अनि तिनका आमा छोराछोरीलाई खुवाउन केही नभएकोले रुने गरेको गाजाकी एक महिलाले बीबीसीलाई बताइन् । 

    यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ । इजरायल र हमासबिचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो । युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा व्यापक हवाई आक्रमण गरिरहेको छ ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ को अक्टोबर ७ देखि गाजामा कम्तीमा ५२ हजार ८२९ जनाको मृत्यु भइसकेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend