Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा कारको ठक्करबाट दुई जनाको मृत्यु


२, जेठ २०८२
  • 96
    SHARES
  • कपिलवस्तुमा कारको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौँ । कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

    कारको ठक्करबाट गम्भीर घाइते भएर उपचारको क्रममा मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी छन् ।

    पत्थरकोट–गोरुसिङ्गे सड्क खण्डमा बाटो क्रस गर्ने क्रममा उनीहरूलाई बिएबी–९५९९ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्स्पेक्टर विराट शर्मा पौडेलले बताए । 

    उनले भने, ‘सडक क्रस गर्दा एक जना क्रस भइसकेको र अर्को यात्रुले तानेको अवस्थामा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

    शुक्रबार बिहान पौने ६ बजेतिर यात्रुलाई ठक्कर दिने कार चालक रुपन्देहीको सैनामैना घर भएका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend