Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

यूएईलाई हराउँदै नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा


५, जेठ २०८२
  • 115
    SHARES
  • यूएईलाई हराउँदै नेपाली महिला टोली टी–२० विश्वकपको ग्लोबल छनोटमा

    काठमाडौँ । यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टाेली पहिलाे पटक टी–२० विश्वकपकाे ग्लाेबल छनाेटमा पुगेकाे हाे ।

    एशिया छनाेटकाे 'सुपर–थ्री' मा यूएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान इन्दु वर्माले नटआउट ३०, रुबिना क्षेत्रीले २३ रन बनाइन् । यूएईकी मिचेल बोथा, सुरक्षा कोटी, वैष्णवी महेश र ईशा वजाले १/१ विकेट लिए ।

    यसअघि थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । यूएईकी कप्तान इशा वजाले सर्वाधिक ३९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् ।

    अब नेपालले सुपर–थ्रीकाे दाेस्राे खेलमा भाेलि थाइल्यान्डसँग खेल्नेछ । थाइल्यान्ड पनि यूएईलाई हराउँदै ग्लाेबल छनाेटमा पुगिसकेकाे छ ।

    नेपाल एशिया छनोटमा समूह 'सी' को विजेता बन्दै सुपर–थ्रीमा पुगेको थियो । यस्तै आयाेजक थाइल्यान्ड समूह 'ए' को र यूएई समूह 'बी' काे विजेता बन्दै सुपर–थ्रीमा पुगेका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend