Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने


६, जेठ २०८२
  • 108
    SHARES
  • ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताएका छन् । यद्यपि पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन् ।

    रिपब्लिकन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजी गरिरहेको बेला उनले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गरे ।

    तर पुटिनले अधिक संयमित स्वर अपनाए । उनले सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिए ।

    ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँगको सम्बन्ध सुल्झाएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा ‘हामीबिना’ कुनै पनि निर्णय नगर्न आग्रह गरे ।

    पुटिनले सम्झौता गर्न अस्वीकार गरेकामा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राखेका छन् ।

    “मलाई विश्वास छ यो कुराकानी धेरै राम्रो भयो”, सोमबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने, “रुस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण रूपमा युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन् ।”

    पछि ट्रम्पले पुटिन युद्धविरामका लागि तयार रहेको आफूले सोचेको बताए । “मलाई लाग्छ उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ”, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने, “यदि राष्ट्रपति पुटिन यसलाई समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथेँ ।”

    – धेरै उपयोगी –

    यसअघि ट्रम्पले रुस र युक्रेनबीच ३० दिनका लागि बिना शर्त युद्धविरामको आह्वान गरेका थिए । किएभ सहमत भयो, तर पुटिनले अहिलेसम्म त्यस्तो कुनै पनि युद्धविरामलाई अस्वीकार गरेका छन्, जसले पश्चिमी देशहरूबाट आलोचना निम्त्याएको छ ।

    ट्रम्पसँगको कुराकानीबारे पुटिन अधिक संयमित देखिए । यद्यपि उनले युद्धविरामबारे छलफल गर्न तयार भएको अहिलेसम्मको सबैभन्दा ठोस सङ्केतहरू मध्ये एक दिएका थिए ।

    “यो कुराकानी धेरै जानकारीमूलक, धेरै खुला र समग्रमा, मेरो विचारमा, धेरै उपयोगी थियो”, पुटिनले फोनवार्तापछि रुसी मिडियालाई भने ।

    उनका अनुसार रुसले प्रस्ताव गर्नेछ र युक्रेनी पक्षसँग भविष्यको सम्भावित शान्ति सम्झौताबारे विभिन्न स्थितिहरू परिभाषित गर्ने एक ज्ञापनपत्रमा काम गर्न तयार रहनेछ ।

    उनका टिप्पणीहरूले धेरै विवरणहरू अस्पष्ट छाडेका छन् र उनले थप ‘समझौताहरू’ अझै आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

    किएभ र पश्चिमी सहयोगीहरूलाई चिन्तित तुल्याउँदै आफ्नो पदभार ग्रहणपछि रुससँगको वार्तातर्फको मोडबीच ट्रम्प पुटिनको आलोचना गर्नबाट मोटामोटी रूपमा टाढा रहेका छन् ।

    उनले पुटिनसँगको आमनेसामने भेटले मात्र द्वन्द्व अन्त्य गर्न सक्ने कुरामा जोड दिएका छन् । यद्यपि पुटिनले गत हप्ता इस्तानबुलमा भेट्ने उनको सुझावलाई अस्वीकार गरे । इस्तानबुलमा रुस र युक्रेनले तीन वर्षभन्दा बढी समयपछि पहिलो प्रत्यक्ष वार्ता गरेका थिए।

    तर पुटिनले ढिलाइ गरिरहेको आशङ्काबीच ट्रम्पले बढ्दो अधैर्यका सङ्केतहरू देखाएका छन् ।

    – हामीबिना –

    जेलेन्स्कीले पुटिनसँगको कुराकानी गर्नुअघि र पछि ट्रम्पसँग कुरा गरे र अमेरिकी राष्ट्रपतिलाई रुसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू कडा गर्न आग्रह गरे ।

    “मैले पुटिनसँगको कुराकानी अघि युक्रेनको बारेमा हामीबिना कुनै पनि निर्णय नगर्न आग्रह गरेँ”, जेलेन्स्कीले पत्रकारहरूलाई भने ।

    जेलेन्स्कीले रुसले आफ्नो आक्रमण अन्त्य गर्न अघि सारेको मागलाई अस्वीकार गर्दै किएभको नियन्त्रणमा रहेको पूर्वी र दक्षिणी युक्रेनका भागहरूबाट सेना फिर्ता लिन अस्वीकार गरे ।

    ट्रम्पले पुटिनसँगको कुराकानीपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरूसहित पश्चिमी नेताहरूसँग कुरा गरे ।

    यसैबीच ट्रम्प र इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनी दुवैका अनुसार पोप लियो चौधौँले भ्याटिकनमा रुस–युक्रेन वार्ता आयोजना गर्न प्रस्ताव गरेका छन्।

    यसैबीच युरोपेली राष्ट्रहरूले ट्रम्प–पुटिनको कुराकानीपछि तुरुन्तै युद्धविराममा सहमत भएन भने रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरू कडा पार्ने किएभको आह्वानलाई समर्थन गरेका छन् ।

    तर ट्रम्पबाट त्यस्ता सङ्केतहरू थिए कि उनी प्रतिबन्ध लगाउनुभन्दा मस्कोसँगको सम्बन्ध पुनःस्थापित गर्नमा बढी इच्छुक छन् ।

    उनले रुसले ‘यो विनाशकारी ‘रक्तपात’ समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा व्यापार’ गर्न सक्ने लोभ देखाए ।

    भूमिमा रूसी सेनाले आफ्नो आक्रमण जारी राखेको छ ।

    मस्कोले आफ्नो सेनाले युक्रेनको पूर्वी सुमी र डोनेट्स्क क्षेत्रका दुईवटा गाउँ कब्जा गरेको दाबी गरेको छ । रुसले रातभर युक्रेनमा एक सय १२ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ७६ वटालाई खसालिएको युक्रेनी वायु सेनाले जनाएको छ । रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend