Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह


६, जेठ २०८२
  • 92
    SHARES
  • युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह

    ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले मङ्गलबार मस्कोले युक्रेनमा युद्धविराममा सहमत नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन्।

    “अमेरिकाले भनेको थियो कि यदि रूस बिना शर्त युद्धविराममा सहमत भएन भने त्यसका परिणामहरू हुनेछन् । त्यसैले हामी ती परिणामहरू, अमेरिकी पक्षबाट पनि देख्न चाहन्छौँ”, कालासले ब्रसेल्समा इयुका मन्त्रीहरूको बैठकमा भने ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रुस र युक्रेनले ‘तुरुन्तै’ शान्ति वार्ता सुरु गर्ने बताएका छन् ।

    जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले दुई नेताबीचको कुराकानीले पुटिनलाई ‘साँच्चै शान्तिमा चासो नभएको’ देखाएको बताए ।

    “उहाँ अझै पनि छुटका लागि तयार हुनुहुन्न, केवल आफ्नो सर्तमा युद्धविरामको कुरा गर्नुहुन्छ”, पिस्टोरियसले भने ।

    जर्मन चान्सलर फ्रेडरिक मेर्जले सोमबार ट्रम्प र युरोपेली नेताहरूबीचको छुट्टै फोनवार्तापछि इयुले थप प्रतिबन्धमार्फत मस्कोमाथि ‘दबाब बढाउने’ बताए ।

    मुख्यतया रुसले तेल निर्यातमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्न प्रयोग गर्ने ‘छाया फ्लीट’ लाई लक्षित गर्दै युक्रेनमा गरेको आक्रमणलाई लिएर इयुले मङ्गलबार मस्कोमाथि १७औँ चरणको प्रतिबन्ध औपचारिक रूपमा अपनाउने छ ।

    प्रतिबन्धहरूको थप प्याकेज पहिले नै टेबलमा राखिएको छ तर इयुसँग क्रेमलिनमाथि ठूलो चोट पु¥याउने सीमित मार्गहरू भएको आशङ्का छ ।

    “हामी रुसमाथि थप दबाब दिन प्रतिबन्धको अर्को कडा प्याकेजमा काम गर्न जारी राख्छौँ ताकि उनीहरू पनि शान्ति चाहून्”, कालासले भने, “तेलको मूल्यको सीमा, ऊर्जा, बैंकिङ क्षेत्रलाई लिएर पनि प्रतिबन्धहरू छन्–यी प्रतिबन्धहरूले रुसको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउनेछ ।” रासस

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend