Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु


१२, जेठ २०८२
  • 103
    SHARES
  • ग्यास लिक भएर आगलागी हुँदा दिदी भाईको मृत्यु

    कपिलवस्तु । कपिलवस्तुमा आगलागीमा परेर दिदी भाईको मृत्यु भएको छ ।

    खाना पकाउने क्रममा ग्यासको सिलिन्डर लिक भएर आगलागी हुँदा शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको हो ।

    सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन् । आइतबार साँझ ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीको भनाई छ । 

    आगलागीबाट गम्भीर घाइते भएका उनीहरुलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको थियो । सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको विद्यालयका प्रधान अध्यापक लालचन्द पाण्डेयले बताए ।

    उनले शव भैरहवा ल्याएर भीम अस्पतालमा पोस्टमार्टमको लागि राखिएको बताए । सोनम कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज शोक बिदा घोषणा गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend