Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

आईसीसी विश्वकप लिग–२ : नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो


२२, जेठ २०८२
  • 130
    SHARES
  • आईसीसी विश्वकप लिग–२ : नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो

    काठमाडौँ । आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ ।

    स्कटल्यान्डको डुन्डीमा बुधबार भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे ।

    नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए । बुधबारको खेलमा अर्धसतक बनाएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे । नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २ सय २५ रन बनाएको थियो । स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए ।

    नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित  राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए । यसअघि अस्तिको खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले हराएको थियो ।

    नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २१ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । स्कटल्यान्ड १७ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ ।

    नेपालले अब अर्को खेल यही जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ । आठ टोली सहभागी विश्वकप लिग–२ ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो ।

    लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend