Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

खाडीका ६ देशले लगाए दिउँसोकाे घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध


२२, जेठ २०८२
  • 144
    SHARES
  • खाडीका ६ देशले लगाए दिउँसोकाे घाम सिधै पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध

    एजेन्सी - खाडीका छ वटा देशले सिधै घाम पर्ने ठाउँमा दिउँसोकाे समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् ।

    तापक्रम अत्याधिक बढेपछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, ओमान र बहराइनले सिधा घाम पर्ने ठाउँमा दिउँसोको समयमा काम गर्न प्रतिबन्ध लगाएका हुन् । काम गर्न नपाउने मिति र समय देश अनुसार फरक–फरक तय भएको छ ।

    गर्मी महिनामा खाडीमा औसत तापक्रम ४० डिग्री सेल्सियस र अधिकतम तापक्रम ५५ डिग्री सेल्सियससम्म पुग्न थालेको छ ।

    गएको आइतबार अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (एअचारडब्ल्यू) ले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न आग्रह गरेको थियो ।

    अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीहरुले खाडी देशले दिउँसो सिधा घाम पर्ने क्षेत्रमा काम गर्न नपाउने नीतिको प्रभावकारी कार्यान्वयन नभएको बताएका छन् ।

    अत्यधिक गर्मीले श्रमिकको शरीरमा दाग लाग्ने, पेट दुख्ने, गर्मी थकान वा गर्मी स्ट्रोक निम्त्याउने समस्या देखिएका एअचारडब्ल्यूले जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend