Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङबीचको खेल बराबरी


२३, जेठ २०८२
  • 139
    SHARES
  • अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङबीचको खेल बराबरी

    काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली हङकङसँग गोलरहित बराबरी खेलेको छ ।

    सो कोन पोमा रहेको हङकङ रङ्गशालामा बिहिबार बेलुका भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो ।

    यसअघि नेपालले सन् १९८८ मा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेलेको थियो । त्यो खेल पनि बराबरीमा सकिएको थियो ।

    आउँदो मङ्गलवार २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग खेल्दैछ ।

    त्यही दिन नेपालले लाओससँग पनि खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो ।

    छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’ मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो । नेपाल भने मलेशियासँग २–० ले हारेको थियो ।

    फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा रहँदा हङकङ नेपालभन्दा २२ स्थान माथि १५३ औं स्थानमा रहेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend