Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चीन भ्रमण गर्न ट्रम्प इच्छुक


२३, जेठ २०८२
  • 207
    SHARES
  • चीन भ्रमण गर्न ट्रम्प इच्छुक

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफ्नो चीनको भ्रमण तय गरेका बीबीसीले जनाएको छ ।

    दुई नेताबीच फोनमा राम्रो कुराकानी हुँदै गएपछि एकअर्काको देश भ्रमणबारे सकारात्मक वातावरण बनेको हो, तर भ्रमणको मिति भने तय भइसकेको छैन ।

    गएको फेब्रुअरीमा अमेरिकाले चीनसँग व्यापार युद्ध शुरु गरेपछि उनीहरुबीच पहिलोपल्ट फोनवार्ता भएको हो । ट्रम्प प्रशासनको पहलमा वार्ता भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत सी जिनपिङसँग झन्डै डेढ घण्टाको कुराकानी मुख्यतया व्यापारमा केन्द्रित रहेको र दुवै देशका लागि धेरै सकारात्मक निष्कर्षमा पुगेको बताएका छन । कुराकानीका क्रममा सीले अमेरिकाले चीनविरुद्ध लिएका नकारात्मक व्यवस्थाहरु फिर्ता लिनुपर्ने बताएको छ ।

    यसअघि अमेरिकाले चीनबाट आयात हुने सामानमा एक सय ४५ प्रतिशतसम्म कर बढाएपछि चीनले पनि प्रतिशोधात्मक कर बढाएर अमेरिकाबाट आयात हुने सामानमा एक सय २५ प्रतिशत कर पुर्‍याएको थियो ।

    तर केही समयअघि स्विट्जरल्यान्डको जेनेभामा भएको सम्मेलनमा दुवै देशले ९० दिनका लागि एक सय १५ प्रतिशत कर घटाउने निर्णय गरेका थिए । अहिले अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत शुल्क लिइरहेका छन् । त्यसबीचमा थप वार्ता र सहमति गर्ने प्रयास भइरहेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend