Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस नेता शास्त्रीको निधन : केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली‑सभा — असार ४, बिहान ९ देखि ११ बजे


३, असार २०८२
  • 407
    SHARES
  • कांग्रेस नेता  शास्त्रीको  निधन : केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली‑सभा — असार ४, बिहान ९ देखि ११ बजे

    काठमाडौं ।  नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको ९० वर्षको उमेरमा निधन भएको छ । शास्त्रीको आज बिहान काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको हो ।

    प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्न २०८२ असार ४ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पार्थिव शरीर राखिने कार्यक्रम तय भएको छ ।

    शास्त्रीले नेपाली कांग्रेसको राजनीतिमा जननायक बी.पी. कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग निकट सहकार्य गरेका थिए । प्रजातन्त्र पुनःस्थापनाको संघर्षका क्रममा उनले भारतको बनारस र गोरखपुरमा लामो समय प्रवासमा बिताएका थिए।

    स्वर्गीय शास्त्री २०४८ र २०५१ सालको आम निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। सांसदकालमा उनी उद्योगमन्त्रीसमेत बनेका थिए । नेपाली कांग्रेसले शास्त्रीको निधनलाई पार्टीको लागि अपूरणीय क्षति भनेको छ। पार्टीका वरिष्ठ नेताहरूले उनीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेका छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend