दाङ । घोराहीमा राष्ट्रिय स्तरको “लुम्बिनी खुल्ला पुरुष तथा महिला १० किलोमीटर रोड रेस” प्रतियोगिता आयोजना हुन लागेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद् अन्तर्गत सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।
प्रतियोगिता असार १४ गते बिहान ७ बजे घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट शुरू गरिनेछ । नाम दर्ता गर्नका लागि समयसीमा असार १३ गतेसम्म तोकिएको छ । यसमा राष्ट्रिय स्तरका पुरुष र महिला खेलाडीले सहभागिता जनाउनेछन् ।
प्रदेश खेलकुद परिषद्, लुम्बिनीकै सदस्य कैलाश रोकाले यस आयोजनामार्फत खेलकुदको प्रवर्द्धन तथा युवा प्रतिभाहरुको पहिचान र विकास गर्न प्रेरणा मिल्ने बताइएको छ ।
पुरुष र महिलाहरूका लागि पुरस्कार संरचना यस प्रकार रहेको छ :
-
प्रथम स्थान: जनही रु ५०,०००
-
दोस्रो स्थान: जनही रु ३०,०००
-
तेस्रो स्थान: जनही रु २०,०००
-
चौथो स्थान: जनही रु १५,०००
-
पाँचौँ स्थान: जनही रु १०,०००
त्यस्तै, छैटौँदेखि दशौँसम्मको स्थानमा पर्ने खेलाडीहरूलाई पनि रु ५,००० हौसला स्वरूप प्रदान गरिने व्यवस्था रहेको समितिले जनाएको छ ।
यसरी आयोजना हुन लागेको रोड रेसले प्रदेशस्तरीय खेलकुदमा नयाँ उत्साह थप्ने र दाङका युवा खेलाडीहरूलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने एक महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ ।