Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी कांग्रेसको बैठक सम्पन्न: संघीयता कार्यान्वयन, बजेट संशोधन, सुशासन र संगठन सुदृढीकरणमा जोड


१४, असार २०८२
  • 427
    SHARES
  • लुम्बिनी कांग्रेसको बैठक सम्पन्न: संघीयता कार्यान्वयन, बजेट संशोधन, सुशासन र संगठन सुदृढीकरणमा जोड

     दाङ l नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक आज दाङको लमहीमा सम्पन्न भएको छ। प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री विक्रम खनालले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठकले समसामयिक राजनीतिक परिस्थितिदेखि लिएर पार्टीको संगठनात्मक विषय र नीति निर्माणसम्मका बहुआयामिक निर्णयहरू पारित गरेको छ ।

    बैठकले नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, राजनीतिक स्थिरता र सुशासनमा जोड दिएको छ। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको संघीय सरकार संविधान संशोधनमार्फत जनआशा सम्बोधन गर्न सफल होस् भन्ने कामना पनि बैठकले गरेको छ। बैठकले तीनै तहका सरकारहरूमा जनप्रतिनिधिहरूको गलत कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुशासन कायम गर्न आग्रह गरेको छ ।

    निर्देशन पालना नगर्ने प्रदेश मातहतका जनप्रतिनिधिमाथि पार्टीले कारबाहीको विचार गर्ने चेतावनीसमेत दिएको छ। बजेटमा असन्तुष्टि, संसोधनको माग लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी वर्षको बजेटप्रति बैठकले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। सहभागीहरूको भावना विपरीत व्यक्तिवादी र असन्तुलित भएको भन्दै सो बजेटले जनआस्था घटाएको निष्कर्ष निकाल्दै संशोधनसहित पारित गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको छ ।

    साथै, मन्त्रीहरूलाई पार्टीका परामर्शमा रही अनुशासित र मर्यादित ढंगले कार्य सम्पादन गर्न आग्रह गरिएको छ। संगठन सुदृढीकरण र सदस्यता नवीकरणमा जोड बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण कार्य तत्काल सम्पन्न गर्न सबै जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । विधान मस्यौदा समिति गठन गरी सानो, चुस्त र प्रभावकारी कार्यसमिति बनाउने तथा विधान संशोधनमार्फत पार्टी सञ्चालनलाई सहज बनाउने प्रस्ताव समेत पारित गरिएको छ ।

    दुईदलीय संयन्त्रप्रति असन्तुष्टि र पत्रकारिताप्रति खेद कांग्रेस–एमालेबीच बनेको दुईदलीय संयन्त्र प्रभावकारी रूपमा सञ्चालन नभएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाइएको छ। यस्तै, हालैका दिनमा प्रदेश सभापतिलाई जोडेर आएका कपोलकल्पित र भ्रामक समाचारप्रति बैठकले गम्भीर खेद र निन्दा प्रकट गरेको छ। पत्रकारिताको मर्यादा उल्लंघन नगर्न संचारकर्मीहरूलाई आग्रह गरिएको छ। विपद्‌ तयारी र संघीयतामा पहलकदमीको माग मौसमजन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै तत्काल तयारी अवस्थामा रहन सबै जिल्ला समितिहरूलाई निर्देशन दिइएको छ ।

    संघीयता कार्यान्वयनमा ढिलाइ भएको भन्दै संघीय अधिकार प्रदेशमा हस्तान्तरण गर्न केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरिएको छ। भूपू सैनिकलाई बधाई, समाजवादी चिन्तकप्रति श्रद्धाञ्जली बैठकले पाल्पाका अर्जुन थापामगरलाई सगरमाथा आरोहणमा सफल भएकोमा बधाई ज्ञापन गरेको छ भने, पूर्व मन्त्री तथा समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

    बैठकमा उपसभापति द्वय भुवन प्रसाद श्रेष्ठ, राजु खनाल, महामन्त्री विक्रम खनाल, सहमहामन्त्रीहरू, जिल्ला सभापतिहरू, कार्यसमिति सदस्यहरू र शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरूले आ–आफ्नो धारणा राखेका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend