Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

एभरेष्टमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण


६, साउन २०८०
  • 245
    SHARES
  • एभरेष्टमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण

    बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा साढे चार सयबढी विद्यार्थीलाई स्वागत गर्नुका साथै आगामी उच्च शैक्षिक गणस्तरियता र जीवन उपयोगिसीपका बारेमा अभिमुखिकरण गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा वोर्ड लुम्विनी प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अग्रसर कक्षा ११ का विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिदै विद्यार्थीको यो समय जिज्ञासु र जुजारु समय भएकाले असल कृयाकलाप सिकाइमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले असल आचरण, असल सिकाई र लगनशिलताका लागि अभिमुखिकरण कार्यक्रम विद्यार्थीका लागि औपचारिक शिक्षा जस्तै आवश्यक भएको बताउनुभयो ।

    विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक महासंघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, महासंघका पुर्व अध्यक्ष मोहन चापागाई, विद्यालय संचालक समिति सदस्य धर्मेन्द्रनाथ भट्टराई, अभिभावक चोपकान्त न्यौपाने, विद्यार्थीहरु दिपेन पौडेल, अदिती अधिकारी, करण भुसाल, ओजश्वी न्यौपाने, डेविड खनाल लगायतले शैक्षिक सफलताका लागि लगन, आचरण र ब्यवहारलाई सकारात्मक बनाउनु पर्ने बताउनुभयो ।

    विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले असल, शिक्षा, पारिवारिक घुलनमिलन र संस्कार सहितको शिक्षाका बारेमा विद्यार्थीहरुलाई सहजिकरण गर्नु भएको कार्यक्रममा सहप्राचार्य भिमसेन गौतमले विद्यार्थीलाई शैक्षिक नीतिगत विषयका बारेमा आफ्ना भनाई राख्नु भएको थियो ।

    प्रज्ञा म्यानेजमेन्ट ग्रुप काठमाण्डौका प्रवन्ध निर्देशक सहदेव महतले जीवनउपयोगी सीप र उच्च शिक्षामा विद्यार्थीले ध्यान दिनु पर्ने कुराका बारेमा विज्ञान र ब्यवस्थापन विषयका ४५० विद्यार्थीलाई सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गर्नु भएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend