Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड


२२, असार २०८२
  • 113
    SHARES
  • जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्कँदै गएकोप्रति गम्भीर ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गको संरक्षण नगरे आगामी २०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने चेतावनी दिए । “हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदै छन् ।

    नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ,” उनले भने । डा. महतले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने दाबी गरे । “हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म–संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं । यही नै पार्टीको राइट टु द सेन्टर हो ।

    कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन्, तर हामी आस्थावान् छौं,” उनले स्पष्ट पारे । धार्मिक स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारभूत अधिकार भएको उल्लेख गर्दै उनले भने, “सबै धर्ममा आस्था राख्नेलाई संरक्षण गर्नुपर्छ । पार्टीले यो वैचारिक धरातल इन्ट्याक्ट राख्नुपर्छ ।” संगठनात्मक कमजोरी र आन्तरिक विवादप्रति चिन्ता डा. महतले सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा पार्टी नेताहरूबीच आन्तरिक आक्षेप, कार्यकर्ताको आत्मबल खस्किनु र जनविश्वास घट्नु जस्ता समस्या समाधान गर्न नेतृत्वले स्पष्ट नीति ल्याउनु पर्नेमा जोड दिए । सक्रिय सदस्यता अभियानमा परम्परागत नेतृत्व सुरक्षित गर्न घर–परिवारका सदस्य मात्र बढाइएको भन्दै उनले असली कार्यकर्ता छुट्ने अवस्थाबारे गुनासो गरे ।

    महिला संगठन र युवाशक्ति प्रयोग गर्न सुझाव गाउँ–गाउँमा महिलाहरू नै प्रमुख शक्ति भएको उल्लेख गर्दै उनले महिला संगठनमार्फत पार्टीको जनाधार बलियो बनाउने खाका प्रस्तुत गरे । “विदेश गएका युवाको अनुपस्थितिमा महिला नै शक्ति हुन् । तिनीहरूलाई सशक्त बनाएर नेतृत्व विकासको अभ्यास गर्नुपर्छ,” महतले भने । गठबन्धन सरकार र मन्त्रीहरूको भूमिकाप्रति टिप्पणी गठबन्धन सरकारको सन्दर्भमा डा. महतले भने, “बस्दा पनि गारो, नबस्दा पनि गारो ।

    तर सरकारमा बसेपछि न्यूनतम आधार तयार गर्न जरुरी छ।” कांग्रेसका मन्त्रीहरूले अरु दलका मन्त्रीभन्दा राम्रो प्रदर्शन गरेर जनतामा विश्वास दिलाउनुपर्ने उनको धारणा छ । प्रदेश सरकार र जनविश्वासको संकट प्रदेश सरकारले प्रभावकारी काम नगरेको र अराजकता बढेको उल्लेख गर्दै उनले “सिनियर नेताको अभावमा प्रदेश संरचनाप्रति जनताको विश्वास हराउने खतरा छ” भने । प्रवासी नेपाली र जनसम्पर्क सञ्जाल सक्रिय गर्न आग्रह विदेशस्थित जनसम्पर्क समितिहरू निष्क्रिय र समयमै अधिवेशन नहुनु प्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले भने, “नयाँ पार्टीहरूले विदेशमा सक्रियता बढाएका छन् ।

    हामीले त्यसलाई रोक्न सकेनौं भने प्रवासी नेपालीहरूको समर्थन गुम्नेछौं ।” उनले त्यसका लागि ग्लोबल तथा क्षेत्रीय संयन्त्र बनाउने आवश्यकता औंल्याए । आर्थिक अनुशासन र पार्टी संरचनामा सुधार आवश्यक सरकारको लगानी प्रभावकारी नहुनु, रोजगारी सिर्जना नहुनु र कुशासन बढ्नुमा चिन्ता व्यक्त गर्दै डा. महतले नेपाली कांग्रेसले नै मुलुकको आर्थिक रूपान्तरण गर्ने शक्ति भएको दाबी गरे । “पार्टी नेतृत्वले जनमत जोगाउन, संरचना सुधार गर्न, संगठनात्मक एकता कायम गर्न र जनताको असन्तुष्टिलाई सम्बोधन गर्न गम्भीरता देखाउनुपर्छ,” महतले अन्त्यमा जोड दिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend