न्युजर्सी, अमेरिका । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई २-० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो।
चेल्सीका लागि दुवै गोल ब्राजिलियन फरवार्ड जोआओ पेड्रोले गरे। उनले खेलको १८औं र ५६औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । अब चेल्सीले उपाधिका लागि रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) मध्ये विजेतासँग भिड्नेछ।
रियल र पिएसजीबीचको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ।