Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शितगंगा–१४ मा महिला सहभागिता क्षमतामा अभिवृद्धि कार्यक्रम सम्पन्न


२७, असार २०८२
  • 154
    SHARES
  • शितगंगा–१४ मा महिला सहभागिता क्षमतामा अभिवृद्धि कार्यक्रम सम्पन्न

    अर्घाखाँची । नेपाल चेतना केन्द्र र टेवा नेपालको सहकार्यमा शितगंगा नगरपालिका वडा नं. १४, बिक्रम (अर्घाखाँची) मा असार १० गते आयोजित ‘राजनीतिमा महिला सहभागिता क्षमता अभिवृद्धि अभिमुखिकरण कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख छविलाल पौडेल उपस्थित हुनुहुन्थ्यो भने  कार्यक्रमको अध्यक्षता वडा नं. १४ का वडा अध्यक्ष दामोदर न्यौपाने द्वारा गरिएको थियो । कार्यक्रममा ५० जना  स्थानीय महिलाले महिला नेतृत्व विकास र सहकारी तथा महिला विकाससम्बन्धी अभिमुखिकरण प्राप्त गरेका थिए ।

    अभिमुखिकरण कार्यक्रम अन्तर्गत लिखित र मौखिक विभिन्न गतिविधिहरू पनि आयोजना गरिएका थिए: सहभागीहरुले समूहमा लिखित रुपमा नेतृत्वसम्बन्धी योजनाहरू तयार पारेर साझा गरेका थिए, सिमुलेसन र रोल–प्लेका विधिहरू प्रयोग गरेर राजनीतिक परिदृश्य अनुभव गराउने प्रयास गरिएको थियो, अनि स्थानीय शासन प्रणालीमा महिलाको भूमिकामा मौखिक प्रस्तुति तथा प्रश्न–उत्तर सत्रमार्फत अन्तरक्रिया गरिएको थियो। यी गतिविधिले महिलाको आत्मविश्वास र सामूहिक सोच बढी सशक्त बनाएको सहभागीहरूको भनाइ रहेको छ ।

    निर्मला क्षेत्री र अम्बिका बेलबासेले नेतृत्व क्षमता, राजनीतिक चेतना र आत्मनिर्भरताको विकासमा कार्यक्रम प्रभावकारी भएको बताएका छन्। सहभागी महिलाहरूले आफूहरू अब स्थानीय सरकार संरचना र निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन् ।

    नेपालको संविधानले स्थानीय तहमा महिलाको ४० % सहभागिता सुनिश्चित गरेको भए तापनि व्यवहारिक रूपमा निर्णय प्रक्रियामा महिलाको प्रभाव सीमित रहेको बुझिएको छ। आयोजकले यस्ता अभिमुखिकरणले यस सीमिततालाई चुनौती दिन महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेका छन्। नेपाल चेतना केन्द्रले यस्ता कार्यक्रम अन्य वडाहरूमा विस्तार गर्ने र टेवा नेपालको थप सहयोगमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend