Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बाणगङ्गा नगरपालिकाद्वारा ‘बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी’ सम्मानित


२७, असार २०८२
  • 575
    SHARES
  • बाणगङ्गा नगरपालिकाद्वारा ‘बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी’ सम्मानित

    कपिलवस्तु l  बाणगङ्गा नगरपालिका, कपिलवस्तुमा आयोजित 'दुधमा आत्मनिर्भर नगर घोषणा कार्यक्रम' मा महत्वपूर्ण सहयोग पुर्‍याउने संस्थाहरूलाई नगरपालिकाले सम्मान गरेको छ ।

     त्यसै सन्दर्भमा महिलाको सशक्तिकरण र कृषि क्षेत्रमा आत्मनिर्भरताको अभ्यास गर्दै आएको बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थालाई बाणगङ्गा नगर प्रमुखबाट सम्मान प्रदान गरिएको हो ।

    नगरपालिकाले कार्यक्रमको सफल आयोजना तथा स्थानीय उत्पादन प्रवर्द्धनमा योगदान पुर्‍याउने संस्थाको पहिचान गर्दै प्रदान गरेको सम्मानप्रति बिहानी परिवारले बाणगङ्गा नगरपालिकालाई हार्दिक आभार व्यक्त गरेको छ ।

    संस्थाले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाज रूपान्तरण र महिला सशक्तिकरणका अभियानहरूमा संलग्न हुने प्रतिबद्धता पनि जनाएको छ । संस्थाकी अध्यक्ष तुलसा थापाले भनिन्,“बाणगङ्गा नगरपालिकाको यो सम्मान हाम्रो हौसला हो । यसले हामीलाई अझ सक्रिय, स्वाभिमानी र दिगो कृषि अभ्यासमा अघि बढ्न प्रेरित गरेको छ।” 

    कार्यक्रमको बारेमा बताउँदै संस्थाकी  प्रबन्धक मिना आले ‘काउँचा ’ ले भनिन्, “दुधमा आत्मनिर्भर बन्ने नगरपालिकाको यो अभियानमा हाम्रो सहकारीले किसानहरूसँग सहकार्य गर्दै उत्पादकत्व वृद्धि र बजार सञ्जाल विस्तारमा योगदान पुर्‍याउँदै आएको छ । यो सम्मान हामी सबैका लागि गर्वको विषय हो र आगामी दिनमा झन सक्रिय भएर काम गर्ने हौसला मिलेको छ ।”

    कार्यक्रममा विभिन्न सहकारी संस्था, किसान समूह, स्थानीय व्यवसायी र सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    यस सम्मानले सहकारी क्षेत्रको योगदानलाई पहिचान मात्र होइन, प्रोत्साहनसमेत गरेको स्पष्ट देखिन्छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend