कपिवस्तु । बुद्ध दर्शन कृषि महिला सहकारी संस्था लिमिटेडद्वारा आयोजित सहकारी शिक्षा शिविर आज सम्पन्न भएको छ। वाणगंगा नगरपालिका–८ मा आयोजित उक्त शिविर संस्थाकी अध्यक्ष कल्पना कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो ।
शिविरमा कार्यबाहक वडाध्यक्ष विश्वास जिसी प्रमुख अतिथि रहेका थिए भने, संस्थाकी प्रमुख सल्लाहकार गीता केसी, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य सारदा परियार र टोल विकास संस्थाका कोषाध्यक्ष सुसिला भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
शिविरमा सहजिकरण र प्रशिक्षणको जिम्मेवारी गुणानिधि भुसालले वहन गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य कमला पंन्थी र सञ्चालन रेखा मल्लले गरेकी थिइन् ।
सहकारीको उद्देश्य, उत्तरदायित्व र पारदर्शिता सम्बन्धी विषयमा केन्द्रीत शिविरमा सहभागीहरूले सहकारी अभियानलाई अझ व्यवस्थित र जनमुखी बनाउन प्रेरणा लिएको जनाइएको छ ।
