Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवल उपमहानगरको सार्वजनिक सुनुवाइमा सेवा सुधारको प्रतिबद्धता


३०, असार २०८२
  • 231
    SHARES
  • बुटवल उपमहानगरको सार्वजनिक सुनुवाइमा सेवा सुधारको प्रतिबद्धता

    बुटवल । उपमहानगरपालिकाले  असार ३० गते आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा सडक मर्मत, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता सेवाहरूमा सुधार आवश्यक रहेको स्पष्ट भएको छ ।

    नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे। उनले सबै जात, भाषा, धर्म, लिङ र समुदायको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको र अनुपस्थित सरोकारवालालाई मिडियामार्फत जवाफ दिने तयारी रहेको संकेत गरे ।

    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले सार्वजनिक सुनुवाइले पालिकाभित्रका कमजोरी पहिचान गर्न सहयोग पुर्‍याउने बताइन । उनले समस्याको पहिचानले समाधान सजिलो बनाउने भन्दै जनप्रतिनिधि र सेवाग्राहीबीचको सम्बन्ध अझ सुदृढ भई सुशासन र विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिन ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय, बुटवलले  सहजिकरण गरेको सार्वजनिक सुनुवाइमा इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी इन्द्र बहादुर रानाले विभिन्न सामाजीक चुनौतीहरूबारे गम्भीरतापूर्वक प्रश्न उठाएका छन्। उनले लागु औषध पदार्थको सेवन देशव्यापी समस्या भएको र अनलाइन ठगीका घटनाहरू बढ्दो क्रममा रहेको जनाउँदै, सचेतनामूलक कार्यक्रम मार्फत यो प्रवृत्ति रोक्न सक्रिय रूपमा पहल गरिरहेको बताए ।

    साथै, बुटवल आत्महत्याका घटनाहरूमा उल्लेखनीय वृद्धि देखिएको र आत्महत्यासम्बन्धी मुद्दा दर्ता दर उच्च भएको ले उपमहानगरपालिकालाई आत्महत्या न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव  दिए उक्त कार्यक्रममा उनले बुटवललाई सर्वसाधारणका लागि सुरक्षित, जागरुक र समर्थनपूर्ण वातावरण बनाउन प्रहरी–नगरपालिका दुवै पक्षबाट साझा जिम्मेवारी अनुरोध गरे।

    सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवालाहरूले नगरको विकास र सेवा प्रवाहमा सुधारका लागि महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका नगर उपसभापति ज्योती भण्डारीले नगरका गतिविधिहरू बुझ्न र रणनीति बनाउन सार्वजनिक सुनुवाइलाई प्रभावकारी मान्दै, "हामी ठूला सपना देख्छौं, साना आइपर्ने समस्यामा परेर दुखी हुन्छौं," भने । उनले नगरका सकारात्मक कार्यहरूको प्रचार गर्न सुझाव दिँदै, "राम्रो गरेको कुराको प्रचार गर्नुहोस्, काम गर्न ऊर्जा आउँछ," भने ।

    नेकपा एमाले बुटवलका अध्यक्ष सोभाखर पोखरेलले सेवा प्रवाहमा देखिएका समस्यामा गम्भीर सुधार गर्न आवश्यक ठहर गर्दै, "एकपटक सेवा लिन गएकोले फेरि नपरोस्" भन्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले युवाहरू बाहिर जाने वातावरण निर्माण नगरि, जिम्मेवार नेतृत्व र सार्वजनिक प्रवाहमा पारदर्शिता अपरिहार्य रहेको बताए ।

    राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भेक बहादुर थापाले उजिरसिंह थापाको प्रतिमालाई सम्मानका साथ राख्नुपर्ने र सडक मर्मतमा ध्यान दिनुपर्ने बताएका छन् । उनले विद्युत् कटौतीका कारण जनतालाई सास्ती भएको उल्लेख गर्दै विद्युत् आपूर्तिमा स्थायित्व कायम गर्न उपमहानगरलगायत सम्बन्धित निकायलाई तिब्र पहल गर्ने सन्देश दिएका छन् ।

    उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सार्वजनिक लगानी बढाउन र ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनीले माली नियुक्तिका चुनौतीहरू र सर्भिस लेनमा पार्किङको समस्या समाधान गर्न नगर र प्रहरीको सहकार्य आवश्यक रहेको बताए ।

    बुटवलका बासिन्दाहरूका मुख्य सुझाव

    बुटवलका बासिन्दाहरूले नगर विकासमा धेरै व्यापक सुधारको आवश्यकता औँल्याएका छन् । बुटवल प्याब्सनका अध्यक्ष मित्रहरी आचार्यले शिक्षा क्षेत्रमा बजेटको उचित बिनियोजन, किशोरीका लागि सेनेटरी प्याड नीति र निशुल्क कक्षा १२ सम्मको शिक्षा सुनिश्चित गर्न आग्रह गरे । सरसफाइ, गुणस्तर, पानी र सडकको अवस्था सुधार गर्नुपर्नेमा समुन्द्र जी सीले जोड दिइएको छ ।

    लालबहादुरले शिक्षा–स्वास्थ्य–रोजगारीमा सुधार भए पनि गुणस्तर र पहुँचमा समस्या रहेको बताए । कृषक रिसब र व्यापारि हुमाकान्तले फोहोर व्यवस्थापन र बजार सरसफाइमा सुधारको माग गरे । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख श्याम रानाले लागुपदार्थ न्यूनीकरणको पहल, लक्ष्मी भट्टराईले वर्षात् बेला पाइने खानेपानीको समस्या, बिष्णुमाया र पद्मपानीले कुकुर आतंक र गोठालो व्यवस्थापनका चुनौती प्रस्तुत गरे ।

    पत्रकार श्याम पोखरेल र केशव भण्डारीले शिक्षा शुल्क, ट्राफिक–पार्किङ र साफसफाइमा नियमन प्रणाली मजबुत बनाउनुपर्ने तर्क राखे । माधव खनालले कालिका पथको रात्री बजारमा ट्राफिक व्यवस्थापन, नवीन घिमिरेले दीर्घकालीन योजना र कृषि क्षेत्रमा व्यवसायिक अवसर जोड्नुपर्ने सुझाए । यी सबै सुझावले बुटवलमा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, रोजगारी, पूर्वाधार र सरकारी निगरानीसमेत समेट्ने सर्वाङ्गीण सुधारको दृष्टिकोण उद्घाटित गर्छन् ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न विषयगत समितिका संयोजक, नागरिक समाजका प्रतिनिधिहरू र पत्रकारहरूको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीले सहजीकरण गरेका थिए ।

    रिपोर्टर्स क्लबका अध्यक्ष रामकुमार क्षेत्रीले नागरिक अभिमत प्रस्तुत गरेका थिए भने सहजिकरण पूजा पन्थीले गरेकी थिइन् ।




  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend