अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले साउनको १९ र २७ गते पालिका स्तरीय र क्षेत्रीय सम्मेलन गर्ने भएको छ । साउनको १९ गते जिल्लाका ६ वटै पालिकामा र २७ गते दुई वटा क्षेत्रमा सम्मेलन गर्ने नेपाली कांग्रेस प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालले जानकारी दिनुभयो ।
उहाँले सम्मेलनलाई भब्य र सभ्यका साथ सम्पन्न पार्न मातहतमा रहेका सम्पुर्ण समितिहरुलाई निर्देशन समेत दिईसकेको बताउनुभयो । साउनको ५ गते बसेको जिल्ला कार्यसमितिको वैठकले गत महिना असार ९ गते ६१ वटै वडामा भएको वडा सम्मेलनलाई सम्पन्न गर्न खटिएका प्रतिनिधि , प्रवेक्षक लगायत सम्पुर्ण कृयाशिल सदस्यहरुलाई धन्यवाद समेत दिएको छ ।