न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजा पट्टीस्थित एक चर्चमा इजरायलद्वारा गरिएको बम विष्फोटलाई कडा शब्दमा निन्दा गरेका छन्। उनले उक्त आक्रमणलाई सर्वसाधारणको नसंहारको रूपमा वर्णन गर्दै युद्धविरामको तत्काल आवश्यकता औँल्याएका छन्।
संयुक्त राष्ट्रसंघका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा बताएअनुसार, महासचिव गुटेर्रेसले पूजा स्थलमा गरिएका आक्रमणहरूलाई अस्वीकार्य बताउँदै, आश्रय खोजिरहेका नागरिकप्रति सम्मान र सुरक्षाको आग्रह गरेका छन्।
गुटेर्रेसले सबै पक्षलाई नागरिकको रक्षा गर्ने दायित्व निभाउन, सैन्य शक्तिको दुरुपयोग नगर्न र गाजा पट्टीमा मानवीय सहायता सहज रूपमा पुग्न दिन आग्रह गरे। साथै, उनले सबै बन्धकको बिना शर्त र तुरुन्त रिहाइ हुनुपर्नेमा जोड दिएका छन्।