Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको स्थापना, अध्यक्षमा सञ्जय हिताङ्ग


४, साउन २०८२
  • 221
    SHARES
  • नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको स्थापना, अध्यक्षमा सञ्जय हिताङ्ग

    सन्धिखर्क। र्अर्घाखाँची जिल्लामा मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई एउटै संरचनामा समेट्ने उद्देश्यले नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको औपचारिक स्थापना भएको छ ।

    शनिबार सन्धिखर्कमा आयोजित मोबाइल व्यवसायीहरूको भेलाले सर्वसम्मत रूपमा १७ सदस्यीय तदर्थ समिति गठन गर्दै सञ्जय हिताङ्गलाई अध्यक्ष चयन गरेको हो ।

    तदर्थ समितिकामा वरिष्ठ उपाध्यक्ष: कमल पाण्डे,उपाध्यक्ष: सुदन आचार्य,महासचिव: शिव बन्जाडे,सचिव: प्रकाश भट्टराई,कोषाध्यक्ष: विशाल के.सी.,सह–कोषाध्यक्ष: ऋषि बन्जाडे र वरिष्ठ सदस्य: विजय कौशल रहेका छन् ।

    त्यसैगरी सदस्यहरूमा भरत कुँवर, आकाश खनाल, भविश्वर भुसाल, केशव सुनार, सचिन कार्की, ध्रुव पराजुली, रामु पौडेल, सरस्वती बन्जाडे र प्रकाश आचार्य  छन् ।

    संघका अध्यक्ष हिताङ्गका अनुसार, जिल्लाभर छरिएर व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरूलाई एकतावद्ध गर्दै व्यवसायिक अधिकार संरक्षण र नीतिगत समस्याको समाधानका लागि यो संघ गठन गरिएको हो। उनले छिट्टै समितिलाई पूर्णता दिँदै व्यावसायिक हितमा काम सुरु गर्ने प्रतिबद्धता जनाए ।

    भेलाको उद्घाटन नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय सदस्य विष्णु ज्ञवालीले गर्नुभएको थियो। ज्ञवालीले व्यवसायीहरू देशको अर्थतन्त्रमा योगदान दिइरहे पनि राज्यबाट अपेक्षित सहयोग नपाएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा मोबाइल व्यवसायी महासंघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष डि.एन. भण्डारी, बुटवल मोबाइल संघ, रुपन्देहीका अध्यक्ष शिवदेव अर्याल लगायतका वक्ताहरूले मोबाइल व्यवसायमा नीतिगत स्पष्टता र सरकारी सहजीकरणको माग गरेका थिए ।

    उनीहरूले २० प्रतिशतसम्म नाफा कायम गर्ने नीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, सेकन्ड ह्यान्ड मोबाइल कारोबारका लागि स्पष्ट मापदण्ड तय गर्नुपर्ने, र व्यवसायिक वातावरण निर्माण गर्न संघजस्तो छाता संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।

    भेला खड्क बहादुर के.सी.को अध्यक्षता र सञ्जय हिताङ्गको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend