अर्घाखाँची l पौडेल वंश महासंघ नेपाल अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन शनिवार शितगंगा नगरपालिका–३, ठाडामा सम्पन्न भएको छ। सम्मेलनबाट पुनः मणिराम पौडेल (पाणिनी–६) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सम्मेलनले वंशको बारेमा थप अध्ययन, खोज, वंशावली निर्माण, कुल पूजा लगायतका धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा एकरूपता ल्याउने लक्ष्यसहित कार्ययोजना अघि बढाउने निर्णयसमेत गरेको छ ।
नवगठित कार्यसमिति यसप्रकार रहेको छः
अध्यक्ष : मणिराम पौडेल (पाणिनी–६)
उपाध्यक्ष : सुमन्त पौडेल (शितगंगा–३)
सचिव : लालमणी पौडेल (छत्रदेव–६)
सहसचिव : शोभाकर पौडेल (शितगंगा–५)
कोषाध्यक्ष : वसन्ता पौडेल (भुमिकास्थान–८)
सदस्यहरू :
चन्द्रकान्त पौडेल (पाणिनी–२)
शोभाखर पौडेल (पाणिनी–६)
माधवराज चुँदाली (सन्धिखर्क–२)
खिमानन्द पौडेल (छत्रदेव–६)
तोम बहादुर पौडेल (छत्रदेव–२)
शारदा पौडेल (सन्धिखर्क–८)
विकाश पौडेल (सन्धिखर्क–२)
तुल्सिराम पौडेल (शितगंगा–५)
पशुपति पौडेल (सन्धिखर्क–१२)
विष्णु प्रसाद पौडेल (भुमिकास्थान–८)
सम्मेलनमा शितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेल, नेपाली कांग्रेस जिल्ला उपसभपति बाबुराम पौडेल लगायतको उपस्थति रहेको जानकारी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव कमल पौडेलले दिएका हुन् ।