Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पूर्व राष्ट्रपति भण्डारी दलमा फर्किनु उचित होइन : उपप्रधानमन्त्री पौडेल


७, साउन २०८२
  • 161
    SHARES
  • पूर्व राष्ट्रपति भण्डारी दलमा फर्किनु उचित होइन : उपप्रधानमन्त्री पौडेल

    रुपन्देही । उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दलमा सक्रिय पुनःप्रवेश उपयुक्त नहुने स्पष्ट पारेका छन्। बुधबार गृहजिल्ला रुपन्देहीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको अवधारणा अनुसार पूर्वराष्ट्रपतिले दलभन्दा माथिको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

    पौडेलले भने, "देशकै मुख्य पदमा पुगिसकेकी व्यक्तिले दलको राजनीतिमा फर्किनु उपयुक्त हुँदैन। उहाँ गणतन्त्रको गौरवको रूपमा सम्मानित हुनुहुन्छ। संविधानको संरक्षकका रूपमा दलभन्दा माथिको भूमिका वहन गर्नु जरुरी छ भन्नेमा हामी स्पष्ट छौं।"

    उनका अनुसार, पार्टीको पछिल्लो बैठकले पनि यही विषयमा स्पष्ट नीति लिएको छ। “हामी सबैको अभिभावकका रूपमा उहाँलाई हेर्छौं,” उनले थपे, “पार्टीको निचोड हो—अब उहाँ सिंगो देशको अभिभावक हुनुहुन्छ, दलमा फर्कनु संविधानको भावनाविपरीत हुन्छ।”

    सदस्यता नवीकरणको विषयमा पनि उनले प्रष्ट पारे। "हाम्रो पार्टीमा सदस्यता नवीकरणको व्यवस्था छैन," उनले भने, "सदस्यता परित्याग गरेपछि त्यो प्रक्रिया स्वतः अन्त्य हुन्छ। अब पुनः प्रवेश चाहिने हो भने नयाँ प्रक्रिया अवलम्बन गर्नुपर्छ।"

    पार्टीभित्रका विधान संशोधन, उमेर हद र कार्यकाल सिमाका विषयमा समेत पौडेलले टिप्पणी गरे। "७० वर्षे उमेर सिमा र दुई कार्यकालको सिमा हटाउनुको कारण अनुभव, आवश्यकता र कार्यक्षमतामा आधारित हो," उनले स्पष्ट गरे। "नेतृत्व उमेरले होइन, विचार र क्षमताले निर्धारण हुन्छ भन्ने अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हामीले हेर्यौं।"

    कार्यक्रममा उनले एमालेलाई विभाजन गर्न खोज्नेहरू विगतदेखि नै असफल हुँदै आएको उल्लेख गर्दै पार्टीको आन्तरिक व्यवस्थापन पार्टीभित्रकै नेतृत्वले गर्नुपर्ने बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend