Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सचिव सरिता दवाडीको सरुवा, कालीप्रसाद पराजुली सचिवमा बढुवा


१, असोज २०८३
  • 53
    SHARES
  • सचिव सरिता दवाडीको सरुवा, कालीप्रसाद पराजुली सचिवमा बढुवा

    काठमाडौं । सरकारले एक सचिवको सरुवा गर्दै एक सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले दवाडीको सरुवाबारे जानकारी दिएका हुन्।

    त्यस्तै, बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिवमा बढुवा भएका पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    मन्त्रिपरिषद्को निर्णयसँगै प्रशासनिक नेतृत्वमा गरिएको उक्त फेरबदल कार्यान्वयनको प्रक्रियामा अघि बढेको छ।

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • दुई महिनामै सरकारको खर्च करिब २ खर्ब, आम्दानीभन्दा ९ अर्ब ७२ करोड बढी

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै सरकारले करिब रु दुई खर्ब

  • सहकारी ऋणको ब्याजदर घट्यो, अब अधिकतम १३ प्रतिशत मात्रै लिन पाइने

    काठमाडौं । सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणमा अब अधिकतम १३ प्रतिशत मात्रै ब्याज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend