ललितपुर l नेपाली काँग्रेस थारु विभागको आयोजनामा “वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था, अवसर र चुनौती” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम नेपाली काँग्रेस केन्द्रीय कार्यालय, वि.पी. स्मृति भवन, सानेपामा शुक्रबार सम्पन्न हुँदैछ। कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
कार्यक्रमको अध्यक्षता थारु विभागका प्रमुख तथा काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गर्ने छन् ।
थारु समुदायको पहिचान, सहभागिता र समावेशी सशक्तिकरणका मुद्दालाई राजनीतिक मूलधारमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको यो अन्तरक्रियामा पार्टीका शीर्ष नेताहरू, विषयगत विज्ञ, नागरिक समाजका प्रतिनिधिहरू तथा थारु समुदायका अगुवाहरूको उपस्थित रहनेछ।
कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ, जहाँ थारु समुदायको वर्तमान अवस्था र भविष्यका सम्भाव्य मार्गचित्रबारे समग्र मूल्यांकन गरिने अपेक्षा गरिएको छ। संयोजक चौधरीले थारु समुदायप्रति काँग्रेसको प्रतिबद्धतालाई संस्थागत गर्दै दीर्घकालीन नीति निर्माणतर्फ अग्रसर हुने संकेत दिएका छन् ।