Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्जमा अब डुबानको  समस्या अन्त्य हुने


८, साउन २०८०
  • 147
    SHARES
  • नेपालगञ्जमा अब डुबानको  समस्या अन्त्य हुने

    नेपालगन्ज । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको  छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या समाधान गर्न नाला निर्माण थालिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताउनुभयो । 

    पहिला निर्माण गर्ने कम्पनीको लापरबाहीका कारण नाला फराकिलो भए पनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारण नेपालगन्जवासीले सास्ती भोग्दै आएका थिए । प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याबारे केन्द्रीय स्तरसम्म पहल गरिएपश्चात् सो नाला निमार्ण थालिएको स्थानीयवासीले बताए । वर्षौ देखीको  डुवानको समस्याबारे नेपालगञ्ज सेतु विकचोकस्थित होटल व्यवसायी गोपाल गिरी लगायत स्थानीयवासीले पटक–पटक नेपालगञ्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएकामा पछि सांसद तिवारीले यो सवाललाई सङ्घीय सरकारसमक्ष पु¥याए पछि निमार्णको कार्य अघि बढेको हो । 

    उहाँले नेपालगन्ज–सुर्खेत रोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकास फराकिलो नहुँदा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकास दिने काम थालिएको बताउनुभयो । संसाद तिवारीले भन्नुभयो, “नेपालगन्ज सहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालिनरूपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरोतर्फबाट पहलभयो ।” 

    चारदिन अघि पुल चौडा गर्न  काम सुरु भएको  नेपालगन्जपस्थित सडक डिभिजन कार्यालय प्रमुख निरज शाक्यले बताउनुभयो । उहाँकाअनुसार नालाको चौडाई बढाउन रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन ले ठेक्का लिएको छ । 

    नालाबाट पानी बग्ने ढललाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज सहर डुब्ने समस्या अब अन्त्य हुनेछ । नेपालगन्ज नगर भित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नाला निमार्ण भईसकेकाले वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रर्याप्त पानीको निकास थुनिएपछि सहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend