Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र गलत : डिला संग्रौला


२०, भदौ २०८२
  • 322
    SHARES
  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र गलत : डिला संग्रौला

    काठमाडौं। नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अपरिपक्व र गलत भएको बताएकी छन्।

    उनले यस्तो कदमले नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने र नागरिक सूचना पाउने अधिकारबाट वञ्चित हुने टिप्पणी गरिन्।

    “आजको २१औं शताब्दीमा सामाजिक सञ्जाल हाम्रो जनजीवनको अभिन्न अंग बनेका छन्। यसले आम जनसमुदायलाई सशक्त बनाएको छ। अनुगमनका लागि संयन्त्र र कानून भएका बेला हठात् सामाजिक सञ्जाल बन्द गर्नु उपयुक्त छैन,” संग्रौलाले सामाजिक सञ्जालमा लेखेकी छन्।

    उनले हाल राष्ट्रिय सभामा विचाराधीन विधेयकमाथि छिटो छलफल गरी आवश्यक कानून बनाउनुपर्नेमा जोड दिँदै पर्याप्त छलफल विना गरिएका निर्णयले सरकारकै छविमाथि धक्का पुग्ने चेतावनी दिइन्।

    “गठबन्धन सरकार सञ्चालन गर्दा सबै दलहरूसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्नुपर्ने हुन्छ। त्यसैले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ,” नेतृ संग्रौलाको भनाइ छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend