Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाल एएफसी यू-२३ एशियन कप छनोटको समूह चरणबाटै बाहिरियो


२२, भदौ २०८२
  • 169
    SHARES
  • नेपाल एएफसी यू-२३ एशियन कप छनोटको समूह चरणबाटै बाहिरियो

    काठमाण्डौ – नेपाल एएफसी २३ वर्षमुनिको एशियन कप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल हिजो सिरियासँग पराजित भयो ।

    रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल सिरियासँग ४–२ गोलले पराजित भएको हो । नेपालका निराजन धामी र सुमित श्रेष्ठले समान एक गोल गरे । सिरियाका अलि अलरिना, महमूद नायेफ, महमूद अलासवाद र मोहम्मद अलमुस्तफाले समान एक गोल गरे । लगातार दुई खेलमा पराजित नेपाल अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ ।

    लगातार दुई खेलमा जीत निकालेको सिरिया ६ अङ्कसहित शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो । यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

    यो समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् । नेपालले पर्सि फिलिपिन्ससँग खेल्नेछ । छनोट प्रतियोगितामा ४४ वटा टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोलीले एक अर्कासँग खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने र चार उत्कृष्ट उपविजेता साउदी अरबमा अर्को वर्ष हुने एएफसी २३ वर्षमुनिको एशियन कपमा छनोट हुनेछ ।a

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend