Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भारतका प्रधानन्यायाधीश गवई लुम्बिनीमा : बुद्ध जन्मस्थल अवलोकन गर्दै शान्ति र मित्रताको कामना


२२, भदौ २०८२
  • 174
    SHARES
  • भारतका प्रधानन्यायाधीश गवई लुम्बिनीमा : बुद्ध जन्मस्थल अवलोकन गर्दै शान्ति र मित्रताको कामना
     
     
    काठमाडौं । भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले शनिबार भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको विशेष भ्रमण गरेका छन्। न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो, जसलाई उनले आध्यात्मिक अवसरका रूपमा लिएका छन्।
     
    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले गवईलाई औपचारिक स्वागत गरेका थिए।
     
    भ्रमणका क्रममा उनले मायादेवी मन्दिर पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ गरेका थिए। दियो प्रज्वलन गर्दै उनले विश्वशान्ति, मानवकल्याण, नेपालको प्रगति र भारत–नेपालबीचको मित्रता अझ गहिरो होस् भन्ने शुभकामना व्यक्त गरे।
     
    यस अवसरमा लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गवईले गुरुयोजना तथा विकास गतिविधिबारे जानकारी लिँदै नेपालले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरेको प्रयासको प्रशंसा गरे। उनले यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास दिलाए।
     
    कोषका उपाध्यक्ष लामाले उनलाई बुद्धको मूर्ति उपहार स्वरूप प्रदान गरेका थिए। साथै नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच आपसी अनुभव आदानप्रदान, न्याय क्षेत्रका चुनौती तथा सम्भावनाबारे समेत छलफल भएको थियो।
     
    लुम्बिनी विकास कोषले गवईको यो भ्रमणले नेपालको धार्मिक, सांस्कृतिक र पर्यटन महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।
     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend